राजनीति

प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसकै हुने नेता बस्नेतको दाबी

काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा कांग्रेस सांसद मोहनबहादुर बस्नेतले प्रधानमन्त्री र राष्ट्रपति दुबै कांग्रेसले पाउने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकटका बस्नेतले सरकार कांग्रेस नेतृत्वमै बन्ने बताएका हुन् । उनले कांग्रेस ठुलो दल भएकाले आलोपालो प्रणालीअनुसार पहिलो कार्यकालको नेतृत्व कांग्रेसले गर्ने समेत बताए । उनले भने,‘सरकार कांग्रेस नेतृत्वमै बन्छ । प्रधानमन्त्री भन्ने पद आलोपालो गरेर चल्छ । यो कसैको भागबण्डाको विषय होइन । कांग्रेस ठुलो पार्टी भएका कारणले पहिलो कार्यकाल कांग्रेस नेतृत्वकै सरकार बन्छ ।’

सरकारको नेतृत्वमा आलोपालो प्रणालीअनुसार गठबन्धनमा रहेका दलहरुका बिचमा सहमति हुने बताउँदै नेता बस्नेतले कांग्रेस ठुलो दल भएकै कारण राष्ट्रपति समेत कांग्रेसले पाउने बताए । उनले भने,‘राष्ट्रपतिदेखि उपराष्ट्रपति, सभामुख र उपसभामुख दलकाहरुका बिचमा भागबण्डामा पर्छ । त्यो भागबण्डामा पर्दाखेरी ठुलो पार्टीकै नाताले राष्ट्रपति कांग्रेसले नै लिन्छ ।’

राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा रहेका दलहरुका बिचमा छलफलले तिव्रता पाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *