काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
भुसालले आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर नेपालसँग भेटवार्ता गरेका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले टिकट नदिएपछि भुसालले एमाले त्याग्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनलाई सत्ता गठबन्धनले समर्थन गरेको थियो । रुपन्देही १ बाट उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।




