काठमाडौं । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापालाई स्पष्टीकरण सोधेको छ ।
मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको समाचार प्रकाशन भएपछि आयोगले थापालाई स्पष्टीकरण सोधेको जनाएको छ ।
केही दिनअघि मात्रै युट्युब लगायत सामाजिक सञ्जालमा मीनबहादुर बुढा (भेलुबाजे)ले थापाले पैसा दिएर प्रचार गर्न लगाएको प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको थियो ।
थापाले चुनावी प्रचारको क्रममा बालबालिकाको प्रयोग गरेको भन्दै यसअघि पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।




