राजनीति

गठबन्धनको बैठक बिहिबार बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइएको छ । बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगति, गठबन्धनमा बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई समेट्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सिट बाँडफाँट कार्यदलको बैठकले ठोस निर्णय गर्न सकेन । कार्यदललाई बुधबारसम्ममा सिट बाँडफाँटको मोडालिटी पेश गर्ने कार्यादेश दिइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *