काठमाडौं । सत्ता गठबन्धनले दलहरुका बिचमा सिट बाँडफाँटको मोडालिटि तय गर्न बनाइएको कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको दिएको छ ।
वालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट व्यवस्थापन समितिलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
गठबन्धनमा रहेका दलहरुका बिचमा सिट बाँडफाँटका बारेमा अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन । कांग्रेसले १ सय सिटमा दाबी गर्दा गठबन्धनमा रहेका अन्य दलले समेत धेरै सिटमा दाबी गरिरहेका छन् ।




