काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समुहले पार्टीभित्रै ४० प्रतिशतभन्दा बढी भाग पाउनुपर्ने माग अघि सार्ने भएको छ ।
गठबन्धनमा आवद्ध दलहरुलाई मिलाएर अघि बढ्नुपर्ने समयमा कांग्रेसभित्रै भाग पाउनुपर्ने माग उठेको हो । शेखर कोइराला समुहको शनिबारको छुट्टै भेलाले कम्तीमा ४० प्रतिशत नपाए अन्तरसङ्घर्ष गर्ने चेतावनी दिएको छ ।
नेता गुरुराज घिमिरेले सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्न बाध्य हुनुपरेको अर्थमा लिन आग्रह गरे । उनले भने, ‘हामीले पार्टीभित्र न्यायोचित रूपमा भूमिका दिने कुरा उठाउँदै आएका हौँ । ८ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एक जनालाई पनि समेट्नुभएको छैन। राष्ट्रियसभा निर्वाचनदेखि आजसम्म कतै पनि समेट्नुभएको छैन। भ्रातृ संस्था गठन गर्दा पनि समेट्नुभएन। अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो, ४० प्लस चाहियो।’




