देश

प्रधानमन्त्री स्वयं उपस्थित नभए सदनबाट बाहिरिन्छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले नै दिनुपर्ने अडान दोहोर्‍याएका छन्।

बिहीबार प्रतिनिधिसभामा भएको छलफलका क्रममा उनले प्रधानमन्त्री अनुपस्थित रहेर अन्य मन्त्री वा प्रतिनिधिबाट जवाफ सुन्न नसकिने स्पष्ट पारे। उनले प्रधानमन्त्री आफैं सदनमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको उत्तर दिनुपर्ने माग गरे।

सांसद राईले भने, प्रधानमन्त्री उपस्थित नभएमा आफ्नो दल बैठकबाट बाहिरिने चेतावनीसमेत दिएका छन्। “उहाँ यहाँ आएर सुन्नु भएन, तर उत्तर दिने बेला आफैं आउनुहुन्छ भन्ने आशा छ,” उनले संसद्मा भने।

तर प्रधानमन्त्री अनुपस्थित रहिरहेमा संसद् बहिष्कार गर्ने उनको चेतावनी थियो। “हामी अरूबाट सुन्नुपर्ने अवस्था होइन। उहाँ नै आउनुपर्छ,” उनले भने, “आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन।” उनले नीति तथा कार्यक्रममाथिको जवाफ प्रधानमन्त्री बाहेक अरूले दिनु संसदीय अभ्यासको अपमान हुने दाबी पनि गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *