देश

अर्थमन्त्रीद्वारा नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबल

काठमाडौँ । प्रधानमन्त्री बालेन साहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल गरेका छन् । बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले उक्त प्रस्ताव टेबल गरेका हुन् ।

अर्थमन्त्रीले प्रस्ताव टेबल गरेपछि विपक्षी दलले छलफल भने अघि बढ्न दिएका छैनन् । त्यसपछि सभामुखले प्रमु प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई बोल्ने समय दिए । त्यसपछि आङ्देम्बेले छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै आफूहरूले प्रस्ताव टेबल गर्न दिएर प्रधानमन्त्रीको सम्मान गरेको बताए । साथै उनले प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे ।

जवाफमा सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै नीति तथा कार्यक्रममा ३५ जनाको संशोधन प्रस्ताव परेको जानकारी दिए । सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र उपस्थित हुने नहुनेबारे तय गर्न सकिने भन्दै विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर सभा अघि बढाउन आग्रह गरे । तर सभामुख अर्यालको आग्रहलाई विपक्षी सांसदहरुले मानेका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *