राजनीति

अमेरिकालाई सरकारले पत्र पठाएपछि भीम रावल खुसी

काठमाडौं । एसपीपीमा सहभागी नहुने सरकारी निर्णयबारे अमेरिकालाई पत्राचार गरेपछि नेकपा एमालेका नेता भीम रावल नेपालको विजय भएको प्रतिक्रिया दिएका छन् ।

उनले सरकारले अमेरिकालाई पत्र पठाउनु नेपाल र नेपालीको विजय भएको बताएका हुन् । रावलले ट्विटरमा लेखेका छन्,‘देशभक्त नेपालीहरूको सशक्त आवाजको फलस्वरूप नेपाल सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपपी) मा संलग्न नहुने भनी अमेरिकालाई पत्र पठाउनु नेपाल र नेपालीको विजय हो । देश हितमा आवाज उठाउने सबैलाई धन्यवाद र बधाई ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *