काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले संघ र प्रदेशको चुनाव आगामी मंसिर ४ गते हुने बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रममा उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने बताएका हुन् । उनले भने,‘मंसिर ४ गते त निर्वाचन हुँदैछ, पक्कापक्की छ । केही दिनमा नै औपचारिक रूपमा घोषणा हुन्छ ।’
सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने भन्दै उनले देशभरकै प्रेस युनियनकर्मीलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न समेत आग्रह गरे ।




