काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई बधाई दिएका छन् ।
तेस्रो चरणको मतगणनाको नतिजा आउँदा मुर्मुले ५० प्रतिशत बढि मत ल्याएपछि उनी राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । प्रधानमन्त्री देउवाले नेपाल र नेपाली जनताको तर्फबाट बधाई दिदै मुर्मुको कार्यकालमा नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको समेत बताएका छन् ।
प्रतिद्वन्द्वी जशवन्त सिन्हालाई पराजित गर्दै भारतको १५ औं राष्ट्रपतिमा मुर्मु विजयी भएकी हुन् ।




