काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाका बिचमा भेटवार्ता भएको छ ।
जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको हो ।
बजेट निर्माण तथा करको दर निर्धारण प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका छन् । शर्मामाथि छानविन गर्न विषेश संसदीय छानबिन समिति बनाईएको छ ।




