काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले गरेको ज्यादतीका कारण जनताले एमाले नेतृत्वको सरकार सम्झन थालेको बताएका छन् ।
जनसंगठनका अध्यक्षहरूसँगको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका नाममा मुलुकमा ज्यादती भइरहेको समेत आरोप लगाए ,
ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै जित्नेगरी तयारी तीब्र पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
उनले बजेट बनाउँदा सेटिङ गरेर अन्तर्राष्ट्रिय रूपमा कतै नभएको बेइमानी गर्दै राष्ट्रिय ढुकुटीमाथिको डकैती गरेको आरोप समेत लगाए ।
‘व्यापारिक घरानाका प्रतिनिधि राखेर, बिचौलियाका एजेन्ट राखेर मोलमोलाइ गरेर करका दरहरू परिवर्तन गरियो,’ उनले भने,‘एमाले नेतृत्वको सरकारले कोभिडको त्यस्तो महामारीमा पनि सबै सूचकहरू तल जान नदिएर काम गरेको थियो ।’




