काठमाडौं । राप्रपा नेपालले निर्वाचन आयोगसँग गाई चुनाव चिह्न माग्ने निर्णय गरेको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गाई चुनाव चिन्ह माग गर्ने निर्णय गरेको हो ।
बैठकले हिन्दू राष्ट्र पुनर्स्थापना गर्न आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै जेठ महिनाभित्र सातवटै प्रदेश (विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी) मा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गर्ने निर्णय समेत राप्रपाले गरेको छ ।




