काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
वैशाख २३ गते चितवनको भरतपुरमा आयोजित चुनावी सभामा प्रचण्डले दिएको अभिव्यक्तिबारे आयोगले स्पष्टीकरण सोधेको हो ।
आफ्नो दलको चुनाव चिन्हमा मतदान नगरे देश दुर्घटनामा जाने अध्यक्ष प्रचण्डको अभिव्यक्तीबारे आयोगले स्पष्टीकरण सोधेको हा । आयोगले कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ वा हुँदैन भन्ने प्रश्नको जवाफ समेत २४ घण्टामा दिन निर्देशन दिएको छ ।




