काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी नै एमालेमा प्रवेश गरेको छ ।
सत्तारुढ गठबन्धनमा स्थानीय तहको निर्वाचनमा भागवण्डा नमिलेपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा प्रवेश गरेको हो । काँग्रेस र माओवादी केन्द्र एक्लाएक्लै चुनावी मैदानमा उम्मेदवारी दर्ता गराएर अघि बढेपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा वियल भएको हो ।




