काठमाडौं । पहिचानको आन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका जसपा अध्यक्ष उपेन्द्र यादव नयाँ पोशाकमा देखिएका छन् ।
जसपाले अर्का अध्यक्ष डाक्टर वावुराम भट्टराईको गृहजिल्ला गोरखामा गरेको कार्यक्रममा ढाकाको टोपी लगाएर प्रस्तुत भएका हुन् । नेपाली राष्ट्रिय पोशाकका रुपमा कुनै समय लिइने टोपीलाई पहिचानवादीहरुले सामन्तवादको प्रतिकका रुपमा अर्थ लगाउने गरेका थिए ।
खासगरी नेकपा माओवादी केन्द्र र मधेशकेन्द्रित दलका नेताहरुले दौरा सुरुवाल र ढाकाको टोपीलाई सामन्तवादको प्रतिक भन्दै आएका थिए ।




