काठमाडौं । राजनीतिक दलहरुले उम्मेदवार टुंग्याउने अन्तिम कसरत गरिरहेका बेला टिकटका आंकाक्षीहरुले दौडधुप बढाउन थालेका छन । अहिले चुनाव जित्ने चिन्ता भन्दा पनि आकांक्षीलाई टिकट पाउने नपाउने चिन्ता बढी छ । पार्टीभित्र आन्तरिक दवाव सिर्जना गरेर टिकट हत्याउने दाउमा आकांक्षीहरु लागेका छन । केही स्थानमा सर्वसम्मत उम्मेदवार चयन भएका छन भने अधिकांश स्थानमा टिकटका लागि रस्साकस्सी चलिरहेको छ ।
रसुवाकाे नौकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसका आकांक्षीहरु बीच कसले टिकट हत्याउने भनेर होडबाजी चलेको छ । टिकटका आकांक्षीहरु संमृद्ध नौकुण्ड निर्माणको स्पष्ट मार्गचित्र बोकेर अघि बढेका छन ।
नेपाली कांग्रेसकातर्फबाट नौकुण्ड गाउँपालिका अध्यक्षको टिकटका लागि सामान्य चिकित्सक तथा औसधि विज्ञ विष्णुप्रसाद न्यौपानेले शसक्त दाबेदार रहेको युवा नेताहरु बताउँछन । युवाहरुका आशा र भरोसाका केन्द्र न्यौपाने आफूले टिकट पाए सहजरुपमा चुनाव जित्ने दाबी गर्छन । पार्टीले टिकट दिए चुनाव जितेर संमृद्ध नौकुण्ड बनाउने न्यौपाने बताउँछन ।
नौकुण्डाबासी युवाहरुले पालिकालाई निकास र विकास दिनसक्ने बौद्धिक नेतृत्व खोजेकाले उनीहरुकै आग्रहमा आफू पूर्ण तयारीका साथ चुनावी मैदानमा होमिन तयार रहेको न्यौपानेको दाबी छ ।
संमृद्ध र समुन्नत पालिका निर्माणको मार्गचित्र बनाएर अघि बढेका न्यौपाने युवाहरुको सार्वधिक रुचाएका र नौकुण्डबासीले खोजेका उम्मेदवार हुन । सेतीदेवी माध्यमिक विद्यालय धुसेनीबाट माध्यमिक तहसम्मको अध्ययन गरेका न्यौपानेले सञ्जीवनी कलेज अफ साइन्सबाट प्ल्स टु र जनरल मेडिशिनको अध्ययन पुरा सगै औसधी विज्ञको उपाधि लिएका हुन । चिकित्सा शिक्षामा दक्षता हासिल गरेका न्यौपाने विभिन्न अस्पताल र आफ्नो प्राइभेट क्लिनिकमा विरामीको सेवा गर्दै आएका छन । आर्थिक अभावले उपचार गर्न नसकेका विरामीहरुको उनी आफ्नै क्लिनिकमा निःशुल्न चेक जाच तथा उपचार समेत गरिदिन्छन । समाजेवाका क्षेत्रमा सक्रिय न्यौपानेले गरिव,दुःखि र असहायको सेवा गदै आएका छन । हरेक परिवर्तन राजनीतिबाट मात्र संभव देखेका उनी आफ्नो गाउँ ठाउँको मुहार फेर्न राजनीतिमा होमिएका हुन ।
कुनै पनि सरकारी सेवा सुबिधा आफूले नलिने,निश्वार्थ जनताको सेवा गर्ने राज्यबाट आएको सेवा सुबिधा खर्च जनताको शिक्षा स्वास्थ्य खेलकुद तथा रोजगारी छेत्रमा सयोग उनको योजना छ । कृषि छेत्रमा महत्वपूर्ण ध्यान दिएर जनतालाई आत्मानिर्भर बनाउने सोच उनको छ ।
सक्षम शिक्षित सवल युवा नेतृत्वको लागि बिशेष कार्ययोजाना सहित आएमा स्वागतका साथ मेराे दाबी छाेडेर सहयोग गर्ने अन्यथा उम्मेद्वारी कायमै रहने न्याैपानेले बताए ।
यस्ता छन न्यौपानेका चुनावी एजेण्डा
१ . पालिका भित्रका पर्यटकीय सम्भावना बोकेका स्थानको पहिचान र अवलोकन गरि मनोरञ्जनको लागि बन्जिम्प सेन्टर , पार्क निर्माणको परियोजना तयार गर्नेछु । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटक आगमन बढाउन प्रयास गर्ने छु । जसले गर्दा पालिका र पालिकाबासिको आर्थिक बिकाश हुने छ ।
२. खोज अनुसन्धानको क्षेत्र फराकिलो पार्दै अनुसन्धान टिमलाई प्रतिवेदन तयार पारी सिमन्दीको कुना र सात तल्ले, जुरेढुङ्गाको फेदबाट खनिज फलाम हिरा, सुन, कालो पत्थर उत्खलन लगाएतका कुरामा खोज अनुसन्धान अगाडी बढाउन स्थानीय जनताको अगुवाईमा काम अगाडी बढाउन लगाउने छु ।
३. सबै वडा बासीलाई कुनै पनि कर बढाउन लगाउने छैन उक्त कर अन्य क्षेत्रबाट र पालिका बाहिरबाट मात्र बढाउने छु ।
४. दुई ओटा हाईड्रोपावरको तत्काल परियोजना तयार पारी प्रतिवेदन पेश गरी तत्काल काम अगाडी बढाउने छु ।
५.पालिका भित्रका हरेक बजेट सबै वडाका सम्पूर्ण सक्रिय युवाहरुसंग समन्वय गरि आवश्यकताको आाधारमा मात्र अगाडी बढ्ने छु । मेरो कार्यकालभरी २४सैं घण्टा मोबाईल अन गरी पालिकाबासी हरुको सेवामा तत्पर हुनेछु ।
६.सम्पूर्ण पालिका बासीको जिम्मेवारी लिएर आधुनिक स्रोत र साधन प्रयोग गरि सम्पूर्ण युवा साथीहरुको आवश्यकता अनुसार स्वरोजगारको लागी उनिहरु संगै हातमा हातमा राखि काम अगाडि बढाउन सक्रिय रहने छु ।
७. यस पालिकाका युवा साथी विदेशीनबाट रोकी स्वदेशमै बस्न हौसला प्रदान गर्ने र युवा स्वरोजगारका कार्यक्रम तयार गरि काम अगाडी बढाउने छु ।
८. पालिका भित्रका सबै पार्टीका योग्य, कर्मठ, सक्षम र उद्दमशील युवा साथीहरुलाई एउटै मालामा गाँसी विकास निर्माणका काममा अग्रसर गर्ने गराउने योजना बनाएर अघि बढ्ने छु
९.पालिकाभित्रका केही गरिब, जेहेनहार उत्कृष्ट बिद्यार्थीहरुलाई डाक्टर, ईन्जीनियर लगायतका अन्य टेक्निकल विषय अध्ययनको लागि पालिका स्वंयमले छात्रवृत्ति उपलब्ध गराउने छु ।
१०.धार्मिक स्थललाई संरक्षण गर्ने उद्देश्यले प्रदेश भरिकै ठुलो गुम्वा यस पालिकामा निमार्ण कार्य प्राथमिकतामा रहने छ ।
११.फलाखुखोला देखि र्भोले दारघारी, लाग्मू थाङदोर हुदै गोसाँईकुण्डसम्म ठाडो पैदल र सडक मार्ग बनाउने सँंगसँगै साइकल लेन निर्माण गर्ने मेरो प्राथमिकतामा रहनेछ ।
१२.कुखुरा ह्याचरी केन्द्र र विभिन्न तयारी खाद्यबस्तु स्थापना केन्द्र परियोजना बनाई उक्त योजना तत्काल निमार्ण र ब्यवस्थापन गरि प्रशस्त रोजगार सृर्जना गर्ने छु ।
१३.शैक्षिक छेत्रलाई महत्वपूर्ण रुपमा ध्यान दिने विद्यार्थीको भविष्यको जिम्मेवार ख्याल गरेर शिक्षा छेत्रमा परिवर्तन ल्याऊने।
१४.नमूना बस्तीलाई आन्तरिक पर्यटकिय छेत्रको रुपमा विकास गर्ने र त्यहाँको जनताको आत्मा निर्भरतामा ध्यान दिने।
१५.विकास कार्य योजनाहरूँमा सबैलाइ समेटेर अघि बढने स्थानीयलाई रोजगारीको अवसर मिलाउने,कुनै पनि कमीशनमा ठेकेदारलाई काम जिम्मा लाउने कार्यमा रोक लगाउने।
१६. युवा श्वोरोजगारको अवसर मिलाउने र रोजगारीमा ध्यान दिने। शुसानमा ध्यान दिने,नागरिकको मौलिक हक अधिकार र स्वतंत्रताको ख्याल गर्ने। कुनै पनि जात,भाषा,धर्म,वर्ग,राजनीति,हेरेर भेदभाव नगर्ने सबैलाई सम्मान ब्यावहार गर्ने । दीर्घ रोगीहरुको स्वास्थ अवस्था बारे ध्यान दिने र सकेको सयोग गर्ने। सार्वजनिक पुस्तकालयको निर्माण र संचालन गर्ने ।
धार्मिक, सांस्कृतिक स्थलहरूको संरक्षण, सम्वर्धन तथा ज्येष्ठ नागरिकहरूका लागि चौतारो, भजनकिर्तन, छलफल, भेटघाट गर्ने थलोको निर्माण
१७.हरेक वर्ष स्त्रीरोग शिविर, आँखा शिविर, परिवार नियोजन क्याम्प लगायका स्वस्थ्य शिविरहरूको आयोजना
विद्यालयहरूमा प्राथमिक उपचार, पौष्टिक आहार, स्यानिटरी प्याड, विपत् व्यवस्थापन सम्बन्धी तालिम, नियमित कला साहित्य र मौलिक संगित सम्बन्धी कार्यशाला आदीको व्यवस्था गर्ने ।
१८. बिउबिजन, मलखाद, उन्नत जातका पशुचौपाया, सोलार, गोबरग्याँस आदीमा अनुदान दूध, तरकारी, माछा, मासु, मह, अण्डा, फूल लगायत कृषिजन्य उत्पादनको सहज बनाउने छु ।
१९.सामुहिक कृषि फार्म, सामुहिक गाउँ बिस्तार, क्षेत्र अनुसार युवालाई पालिकामा अवसर , कृषि परियोजनाको बिस्तार , तलब भत्ताको सहि ब्यवस्था गरी उत्पादन तथा सामुहिक बजार व्यवस्थाको संरचना निर्माण गरि सहज तरिकाले कृषी उत्पादन तथा व्यबस्थापन गर्ने बातावरण पालीकाकै मातहतमा गर्ने । साथै उत्पादित कृषि सामाग्रीको बजार ब्यवस्थापन, प्राकृतिक प्रकोप र अन्य घाटामा पालिकाले सुविधा दिने र व्यर्होने छ । उन्नत जातका बिउबिजन कृषकलाइ निशुल्क बितरण गर्ने गरि कृषि क्रान्तिको सुरुवात हुनेछ ।
२०.सरकारी स्कुल शिक्षामा ४० प्रतिशत अंग्रेजी माध्यम , ४० प्रतिशत नेपाली माध्यम र २० प्रतिशत स्थानिय भाषालाई समावेश गरि नेपाल सरकारको नियम अनुसार रहेर अतिरिक्त शिक्षाको ब्यवस्था गर्नमा जोड दिनेछु । शिक्षकलाइ प्राबिधिक तालिम दिएर हौसला प्रदान गर्न छुट्टै भत्ताको ब्यवस्था गराउने छु । शिक्षामा काष्ठमाण्डप र रातो बंगला जस्ता स्कूल तथा अन्य प्राईभेट स्कुलले उत्पादन गरे जस्तैै बिद्यार्थी उत्पादन गर्ने छु । साथै सरकारी स्कुलका बिद्यार्थीहरुलाई विशेष सहजताका साथ अन्य कार्यक्रमहरु ल्याउन पहल गर्ने छु ।बच्चालाइ विद्यालय जान उत्प्रेणा दिनको लागी बिधालयमा दिवाखाजाको व्यवस्था गर्ने छु ।
२१.स्वास्थ्यमा प्रत्येक वडामा प्रत्येक महिना गाउँ गाउँमा डाक्टर सहित घुम्ती शिविर, टोल टोलमा प्रत्येक महिनामा स्वास्थ जाँच गर्न लगाउने छु । र उक्त कामको लागि स्थानियको नेतृत्वमा छुट्टै टोली गठन गर्ने छु । बृद्धा बृद्धाको स्वास्थ्य चेकजाचको लागी समय समयमा स्वास्थ्यकर्मिको टोली घरघरमै पठाउने व्यवस्था गर्ने छु ।
२२.जनताको स्वास्थमा स्थानीय सरकारको दायित्व हुने गरि पालिका स्थानीय अस्पताल बनाउन सरकारी निकायमा तत्काल काम गर्न पहल गर्नेछु । ब्यक्तिगत लगानीमा बनाएर उक्त क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवाको ब्यवस्था गर्नेछु ।
२३.बृद्धबृद्धा , अपांगता भएका ब्यक्तिहरुब , सुत्केरी , एकल महिला तथा पुरुष , पिछडिएका, लोपोन्मुख समुदायलाइ बिषेश भत्ताको व्यवस्था गर्नेछु ।
२४.प्रविधिलाई अझ राम्रो संग ब्यवस्थित गर्दै लैजाने छुश्वार्थ जनताको सेवा गर्ने राज्यबाट आएको सेवा सुबिधा खर्च जनताको शिक्षा स्वास्थ्य खेलकुद तथा रोजगारी छेत्रमा सयोग उनको योजना छ । कृषि छेत्रमा महत्वपूर्ण ध्यान दिएर जनतालाई आत्मानिर्भर बनाउने सोच उनको छ ।




