काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको बताएका छन् ।
शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिए ।
अध्यक्ष ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै मधेशी जनतालाई शोषण गरेको समेत दाबी गरे ।




