काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय थापाथलीबाट सर्ने भएको छ ।
नेकपा एमालेका प्रचार बिभाग प्रमुख विष्णु रिजालका अनुसार अब नयाँ पार्टाी कार्यालय ललितपुरको च्यासलमा रहने भएको छ । बल्खुमा रहेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त भएपछि एमालेले काठमाडौंको धुम्बाराहीमा पार्टी कार्यालय खोलेको थियो ।
त्यसपछि थापाथलीमा कार्यालय शुरु गरेको एमालेले अब भने च्यासलमा कार्यालय सारेको हो ।




