काठमाडौं । गैर आवासीय नेपाली संघको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै स्पेनका चिन्तामणि सापकोटा र कुवेतका उमेशकुमार पुडासैनीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सुवास पौडेल र निलम पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यसअघि चैत ७ गते न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले चैत ९ गतेसम्म चुनावको सबै प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।




