मुख्य समाचार

कांग्रेस एक्लै जित्ने स्थानमा गठबन्धन गर्न नहुने कांग्रेस नेताहरुको मत

काठमाडौं । काँग्रेस केन्द्रीय सदस्यहरुले एक्लै चुनाव जित्ने स्थानमा गठबन्धन गर्न नहुने मत व्यक्त गरेका छन् ।

आज बसेको केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले एकल रुपमा अघि बढ्दा जित्ने स्थानमा जठबन्धन गर्न नहुने राखेको प्रवक्ता डाक्टर प्रकाशरण महतले जानकारी दिए ।

प्रवक्ता डाक्टर प्रकाशशरण महतले भने,‘गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको छ ।’

प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले जबर्जस्ती निर्णय नलाद्ने भन्दै गठबन्धनका बारेमा केन्द्रीय समितिले निर्णय गर्ने समेत बताए । उनले स्थानीय तहको आवश्यकतालाई वेवास्ता गरेर केन्द्रबाट कुनै निर्णय नलाद्ने समेत स्पष्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *