राजनीति

कांग्रेसमा कोइराला समुहले समेत भाग खोज्ने

काठमाडौं । पार्टीभित्र भागबण्डा नखोज्ने बताएका डाक्टर शेखर कोइरालाले अब भने भाग नपाए प्रतिवाद गर्ने भएका छन् ।

बुधबार सभापति शेरबहादुर देउवाले तरुण दलका अध्यक्षमा विद्वान गुरुङ र नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेपछि कोइराला पक्षले अब भाग खोज्ने निर्णय गरेको हो ।

ुशुक्रबारबाट कांग्रेस केन्द्रीय समितिको बैठक शुरु हुँदैछ । त्यसअघि बसेको कोइराला पक्षको बैठकले अब हैसियतअनुसारको भाग खोज्ने विषयमा समेत छलफल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *