काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेका कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर विष्ट एमाले प्रवेश गरेका छन् ।
सुर्खेतमा भएको एक कार्यक्रममा विष्ट एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले विष्टलाई स्वागत गरेका थिए । विष्ट एमाले प्रवेश गरेपछि उनको सांसद पद स्वतः खारेज हुने भएको छ ।
उनले माओवादी पार्टीबाट र सांसदबाट समेत राजीनामा दिएका थिए ।




