राजनीति

पत्रकारले कसैको पक्ष वा विपक्षमा स्टाटस लेख्न नपाउने

काठमाडौं । आगामी स्थानी यतहको चुनावका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले पत्रकारलाई समेत सामाजिक सञ्जालमा कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको छ।

पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने व्यवस्था आयोगले गरेको छ ।

आचारसंहिताले कुनै राजनीतिक दल, नेता वा उम्मेदवारको दान, उपहार, सहयोग पत्रकारले लिन तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न पनि रोक लगाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *