काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह तिर हुने भएको छ ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तिर’ भएको बताएका हुन् ।
अध्यक्ष थापाले लेखेका छन्,‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तिर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तिर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तिर’मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ ।’




