काठमाडौँ । नेपाली कांग्रेसले नेता कार्यकर्तालाई मतदातासँग सम्पर्क बढाउन निर्देशन दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् ६ हजार ७ सय ४३ वडालाई पत्राचार गर्दै टोल कार्यसमितिको एक सदस्यले कम्तीमा १० घर या ५० मतदातासँग नियमित सम्पर्कमा बस्न परिपत्र गरेको हो ।
त्यस्तै कांग्रेसले वडा कार्यसमितिमा १५ प्रतिशत युवा प्रतिनिधित्व गराउनसमेत निर्देशन गरेको छ ।




