काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का र संयुक्त अरब इमिरेट्स (युएई)का अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारीबीच भेटवार्ता भएको छ ।
अन्तालिया कूटनीति मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीको अन्तालियामा रहेका मनत्री खड्काले दुबईका अर्थमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
आर्थिक सहयोग विस्तार, जनता–जनताबीचको सम्पर्क अभिवृद्धि र पर्यटन प्रवद्र्धनलागयत द्विपक्षीय साझेदारीका विभिन्न आयाममा उनीहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




