काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री शहरी विकास ऐनका बारेमा छलफल गर्न उपत्याकाबाहिर जाने भएकी छन् ।
शहरी नीति, शहरी विकास ऐन र युटीलिटी करीडोर ऐनको सम्बन्धमा प्रदेश स्तरिय छलफल र परामर्शको लागि फागुन २८ गते धनगढी, २९ गते सुर्खेत, ३० गते नेपालगञ्ज जाने भएकी हुन् ।
मन्त्री झाँक्रीसहितको टोली चैत १ गते बुटवल र चैत २ गते पोखरा जान लागेको जानकारी दिएकी छन् ।




