काठमाडौं । विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आम आदमी पार्टीसँग नेपाली वैकल्पिक राजनीतिको तुलना गर्न हतार भएको टिप्पणी गरेका छन् ।
भारतको राजधानी दिल्लीमा सरकार चलाइरहेका अरविन्द केजरीवाल नेतृत्वको दल आम आदमी पार्टीले पञ्जावमा समेत सरकार बनाउने निश्ति भएपछि मिश्र नेतृत्वको पार्टीको विभाजन र नेपाली राजनीतिमा प्रभाव पार्न नसकेको भन्दै आलोचना भएको थियो ।
जवाफमा मिश्रले भनेका छन्,‘केजरीवाल सन् २००० तिरबाटै भ्रष्टाचार विरोधी अभियानमा संलग्न थिए । २००६ मा विख्यात म्यागसेसे पुरस्कार पाए । अन्ना हजारेसँग काम गरे र २०१३ मा दिल्लीको मुख्यमन्त्रीमा विजय भए । पहिलो सफलताको अगाडि १३ वर्षको इतिहास छ । नेपालमा ५ वर्षमैँ वैकल्पिक राजनीतिबाट बढी नै अपेक्षा गरियो कि ?’
विविसी नेपाली सेवाको जागिर छाडेर राजनीति सुधार्न भन्दै दल खोलेका मिश्रको पार्टी विभाजन भएर चिराचिरा परेका बेला आलोचा भएको थियो ।




