राजनीति

न्यायाधीशले संविधान हेर्न छाडेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरूले संविधान हेर्न छाडेको गम्भिर आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार परिवर्तन गर्ने परमादेश दिएको प्रति आक्रोश व्यक्त थर्दै न्यायाधीशहरूले संविधान हेर्न छाडेको आरोप लगाएका हुन् ।

‘हाम्राविरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो । श्रीमानले कानुन हेर्न छोड्नुभयो । श्रीमानले के हे¥या होे ?,’ ओलीले भने, ‘उहाँहरु त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो । यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरुलाई चिन्ता छ ।’

अध्यक्ष ओलीले संसद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसलाको आलोचना गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *