काठमाडौं । अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पारित गर्दै नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सकिएको छ ।
बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको हो ।
प्रतिवेदन आगामी फाल्गुन २५ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।




