काठमाडौ । नेपाली कांग्रेसको रौतहट जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।
मतदातालाई प्रमाणपत्र उपलब्ध नगराइएको भन्दै विवाद बढेपछि निर्वाचन स्थगित भएको हो ।
शनिबार बिहान ९ बजेबाट मतदान हुने भनिएपनि पछि १ बजेका लागि सारिएको थियोा । तर सहमति नभएपछि निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको हो ।





