काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि वालुवाटार पुगेका छन् ।
त्यसअघि एमाले अध्यक्ष ओली मात्रै वालुवाटार पुगेका थिए । भेटमा एमसीसीका बारेमा छलफल भइरहेको जनाइएको छ ।
छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल र नेता पौडेल पनि सहभागी हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।




