राजनीति

चुनाव नगराउन महाभियोग लगाइएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले समयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

एमाले आठौं जिल्ला अधिवेशनका लागि सर्लाही पुगेका महासचिव पोख्रेलले एमालेको दबाबका कारण समयमै हुन लागेको स्थानीय तहको निर्वाचन नगर्न कोसिस भइरहेको आरोप लगाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *