राजनीति

प्रचण्डले एमसीसीलाई विवादमा पारेको इश्वर पोखरेलको आरोप

जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादमा परेको आरोप लगाएका छन् ।

मंगलबार जनकपुरधाममा नेकपा एमालेले गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेशअनुसार फरक–फरक धारणा राखेकै कारण एमसीसी विवादमा परेको दाबी गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *