राजनीति

प्रधानन्यायाधीशले निकास नदिएपछि महाभियोग लगायौं– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निकास नदिएपछि महाअभियोग दर्ता गर्नुपरेको बताएका छन् ।

जनकपुरधाममा पत्रकारहरुसँगको कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति हटाउन प्रधानन्यायाधीशले पहल नगरेपछि महाअभियोग दर्ता गरेको दाबी गरे ।

प्रचण्डले राणामाथि महाअभियोग लगाउने विषयमा सत्तारूढ गठबन्धनका सबै दलहरू सहमत भएको भन्दै भने,‘महाअभियोग लगाउनेमा सबैको सहमति छ। यसले गठबन्धनलाई अझ बलियो बनाउँछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *