राजनीति

संसद बैठकको मिति सार्न प्रचण्ड र नेपालको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी फागुन २ गतेका लागि बोलाइएको संसद बैठक पर सार्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा दुई नेताहरुले प्रतिनिधिसभाको बैठक फागुन २ गतेको बैठक ४ गतेका लागि सार्न आग्रह गरेका हुन् ।

उनीहरुले एमालेले बैठकको मिति सार्न आग्रह गरेकाले चुनावको मिति सार्न उनीहरुले आग्रह गरेका हुन् । सरकारले २ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवल गर्ने तयारी थालेको छ । कांग्रेसले आफ्ना सबै सांसदहरुलाई काठमाडौं फर्किन निर्देशन दिइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *