काठमाडौं । नेकपा एमालेले आगामी फागुन २ गतेका लागि तय भएको संसद बैठक सार्न आग्रह गरेको छ ।
एमाले प्रमुख सचेतक बिशाल भट्टराईले फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका हुन् ।
भट्टराईले फागुन २ गते दिन एमालेको विराटनगरमा प्रदेश नम्बर एक स्तरीय भेलाको कार्यक्रम राखिएकोले अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए ।




