काठमाडौं । लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयमा सरकारले औपचारिक रुपमा विरोधपत्र पठाउने तयारी थालेको छ ।
कांग्रेसले औपचारिक रुपमा भारतले सडक निर्माण गरेको विषयमा स्पष्ट रुपमा विरोध गर्दै अवधारणापत्र सार्वजनिक गरेपछि सरकारले समेत औपचारिक रुपमा प्रतिक्रिया जनाउने तयारी थालेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित मन्त्रीलाई भारतलाई विरोधपत्र पठाउन निर्देशन दिएको बताइएको छ ।
भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकार र कांग्रेसको धारणा सार्वजनिक नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सडक निर्माणको काम बन्द गर्न भारतलाई आग्रह गरेका छन् ।




