राजनीति

प्रचण्डले भने– राजनीतिक दस्तावेजमा कसैको विमति छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि सवैको समर्थन रहेको दाबी गरेका छन् ।

बिहीबार बन्दसत्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले फरक मत विवाद हुने खालको नभएको बताएका हुन् ।

उनले भने,‘फरक मत भनेर त्यस्तो विवाद हुने खालको एउटा पनि छैन । तपाईंहरु कोही भ्रममा नपर्नुहोला। दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै सबैले धारणा राख्नुभएको छ ।’

‘दस्तावेजप्रति सबै समूहको आमरुपमा समर्थन रहेको भन्दै उनले भने,‘दस्तावेजको मूल स्पिरिटप्रति सबैको समर्थन छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *