काठमाडौं । नेपाली काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु हुने भएको छ ।
निर्वाचन समितिका अनुसार शनिबार बिहान १० बजेदेखि मतगणना सुरु हुनेछ ।
३५ जना केन्द्रीय सदस्य खुलातर्फबाट निर्वाचित हुनेमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतगणनामा प्रत्येक उम्मेदवारले आफू वा आफ्नो एकजना प्रतिनिधि उपस्थित गराउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।




