काठमाडौं । कांग्रेस महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको निवास पुगेका छन् ।
चुनाव जितेपछि शर्मा सिंह निवास काठमाडौंको चाक्सीबारी पुगेका हुन् । उनलाई नेता सिंहले बधाई समेत दिएका छन् । महाधिवेशनअघि सभापति शेरबहादुर देउवा पक्षमा रहेका शर्मा देउवा प्यानलमा नपरेपछि सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।
कांग्रेस प्रवक्ता समेत रहेका शर्मालाई सभापति देउवा र नेता डाक्टर शेखर कोइराला प्यानलबाट मत पाएपछि महामन्त्रीमा निर्वाचित भएका हुन् ।




