राजनीति

कांग्रेस महाधिवेशन : पुस १० गतेसम्म सबै मतपरिणाम आउने

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पुस १० गतेसम्म नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको सवै मतपरिणाम आइसक्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै खाँणले पुस १० गतेसम्म निर्वाचन आयोगमा पार्टी पदाधिकारीको नाम बुझाईसक्नुपर्ने भएकाले त्यसअवधिमा नै महाधिवेशन अन्तर्गतको सवै मत परिणाम आइसक्ने बताएका हुन् ।

उनले महाधिवेशनको सम्पूर्ण काम पुरा भएपछि पार्टीको निर्वाचन समितिले पार्टीलाई प्रतिवेदन बुझाउने र सोहि आधारमा निर्वाचन आयोगमा नवनिर्वाचित समितिको नाम बुझाउने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *