राजनीति

भैरहवामा गृहमन्त्री खाँणले भने– सभापतिमा देउवालाई नै जिताउनुपर्छ

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताएका छन् ।

भैरहवामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले सरकार र पार्टीको नेतृत्वमा फरक व्यक्ति भए द्वन्द्व निम्तिने बताए । उनले आगामी महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई नै जिताउनुपर्ने बताए ।

‘पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को व्यक्ति हुँदा त्यसले पार्टी र सरकार दुबै ठाउँमा द्वन्द्व पैदा गर्छ । अहिले प्रधानमन्त्री देउवा भएकाले सभापतिमा पनि उहाँलाई नै जिताउनुपर्छ ।’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *