काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनका लागि चितवनमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।
चितवनको भरतपुरस्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने र उद्घाटन सत्र नारायणी नदी किनारमा गर्ने निर्णय भइसकेको छ । महाधिवेशनको बन्दसत्र भने चितवनकै सौराहामा हुँदैछ ।
महाधिवेशनस्थलबारे जानकारी लिन स्थलमार्ग हुँदै चितवन पुगेका अध्यक्ष ओली भोलि माडी जाने र अयोध्याधामको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।




