काठमाडौं । नेपाली कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक जना दलित तथा मधेसीरथारुरमुस्लिमरअल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना अनिवार्य महाधिवेशन प्रतिनिधित्व हुने व्यवस्था मिलाएको छ ।
कांग्रेसको आज बसेको पदाधिकारी बैठकले समावेशी प्रतिनिधित्वका बारेमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै दलित र मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति एकएक जना तल्ला कमिटिमै हुनुपर्ने निर्णय गरको छ । त्यसो हुन नसके क्षेत्रीय प्रतिनिधिबाट निर्वाचन गर्ने कांग्रेसको निर्णय छ ।
कांग्रेसले गरेको निर्णयअनुसार महाधिवेशन प्रतिनिधिमा पनि एक जना दलित र मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति एक जना हुनुपर्ने बताएको छ ।





