राजनीति

संसद पुनःस्थापना गरेर चुनाव हुन्छ: गगन

चितवन । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गरेर चुनाव हुने बताएका छन् । चितवनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले निर्वाचनका लागि नेपाली कांग्रेसले सम्पूर्ण रुपमा तयारी गर्नु पर्ने बताए ।

नेकपाका एउटा अध्यक्ष सत्तामा र अर्को सडकमा बसेर जनतालाई भिडाउने काम गरेको भन्दै उनले आक्रोस पोखे । पार्टीको आन्तरिक विवादलाई समाधन गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएर दुई तिहाई बहुमत ल्याउने कुरा पत्यान नसकिने उनको भनाइ छ ।

जनताले दिएको विश्वासमाथि कुठाराघात गरेको भन्दै नेता थापाले अब जनतालाई कांग्रेसले भरोसा दिलाउन सक्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *