काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।
विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिसमेत गठन गरेको थियो। उपसमितिले तयार पारेको प्रतिवेदनलाई समितिले सर्वसम्मत रूपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार समितिको प्रतिवेदन बिहीबार नै बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गरिनेछ। प्रतिवेदनलाई अन्तिम रूप दिन सभापति ढकालले समिति सचिवलाई निर्देशनसमेत दिनुभएको छ।
यसैबीच, समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारीसमेत हेरफेर गरेको छ।
समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम सदस्यको जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ।




