खेलकुद

८८ वर्षपछि विश्वकपको नकआउट चरणमा स्विट्जरल्यान्डको ऐतिहासिक जित

काठमाडौं । स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ । शुक्रबार बिहान भएको अन्तिम ३२ को खेलमा अल्जेरियालाई २-० गोलले हराउँदै स्विट्जरल्यान्डले विश्वकपको नकआउट चरणमा ८८ वर्षपछि पहिलो जित निकालेको हो ।

बिसी प्लेस भान्कोउभेरमा भएको खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन ब्रेल एम्बोलो र डान एन्डोएले समान एक/एक गोल गरे । खेलको दसौं मिनेटमा जोहान मान्जाम्बीको पासमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई शूरुवाती अग्रता दिलाएका थिए ।

४६ औं मिनेटमा एनडोएले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा स्विट्जरल्यान्ड २-० गोलले विजयी भएको हो ।

जितसँगै स्विट्जरल्यान्ड अन्तिम १६ मा पुग्दा अल्जेरिया प्रतियोगिताबाट बाहिरिएको छ । अब स्विट्जरल्यान्डले अन्तिम १६ मा आज हुने कोलम्विया र घानाको विजेतासँग खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *